NID Update Terms and Condition
खाता सञ्चालन सम्बन्धी नियमहरु
GENERAL CONDITIONS GOVERNING ACCOUNT

  1. The laws and regulations of Nepal and customs and procedures common to banks will apply to and govern the conduct of accounts opened with the bank.

    यस बैंकमा खोलिएको खाताको सञ्चालन नेपालमा प्रचलित ऐन नियम तथा बैंकिङ्ग क्षेत्रमा प्रचलित परम्परा र चलन अनुसार हुनेछ ।

  2. The bank reserves the right to amend these rules at any time and in any manner which the bank seems necessary without notice to the applicants or the public.

    बैंकले आफ्नो स्वविवेकमा कुनै पनि बेला पूर्व सूचना सहित वा बेगर पनि खाता सञ्चालन सम्बन्धी यी नियमहरु परिवर्तन गर्न सक्नेछ ।

  3. Commissions and/or service charge will be levied by the bank as applicable.

    बैंकले खाता सञ्चालन गर्न दिए बापत आफ्नो आन्तरिक निर्णय अनुसारको कमिशन र/वा सेवा शुल्क लगाउन सक्नेछ ।

  4. The funds in an account would be considered by the bank to be security for all the obligations present or future of the account holder to the bank and in the event of the dishonor of such obligations the bank is entitled to utilize such funds against the obligations of the account holder to the bank without notice to the account holder.

    खातामा रहेको सम्पूर्ण रकम खातावालाको बैंक उपर रहेको हरेक प्रकारको दायित्वको (वर्तमान वा भविष्यमा सिर्जना हुने सुरक्षण सरह मानिने छ र खातावालाको उक्त रकमहरु बैंकले खातावालालाई कुनै सूचना नदिई त्यस्तो दायित्व बापत कट्टी गरी मिलान गर्न सक्ने छ ।

  5. The account holder must maintain the prescribed minimum balance as set by the bank from time to time and i/we agree for the bank to hold the aforesaid prescribed minimum balance.

    खातामा बैंकले समय–समयमा तोके अनुसारको न्यूनतम मौज्दात रहेको हुनुपर्दछ । साथै उक्त आवश्यक न्यूनतम मौज्दात बैंकले रोक्का राखेमा मेरो/हाम्रो मञ्जुरी छ ।

  6. If there is no transaction in the account for a period of 3 year or more, the account becomes inoperative and account holder has to be self present to make the account operative.

    ३ बर्ष वा सो भन्दा बढी अवधिसम्म खातामा कुनै कारोबार नभएमा उक्त खाता निष्कृय हुनेछ । त्यसपछि सो खाता सञ्चालन गर्न खातावाला स्वयं उपस्थित हुनुपर्नेछ ।

  7. In the case of Minor account when s/he becomes major s/he will be automatically entitled for the amount in that account. And s/he shall be entitled to use the amount through opening another operative account and transferring the amount from minor account.

    नाबालक खाताको हकमा खातावाला बालिग भएपछि उक्त खातामा रहेको रकमको लागि हकदार हुनेछ । उक्त खातामा रहेको रकम अन्य खाता खोलि रकम ट्रान्सफर गरि खाता सञ्चालन गर्न सक्ने छ ।

  8. Interest on account will be calculated on daily basis and capitalized on quarterly basis. No interest shall be paid to saving account that has failed to maintain the prescribed minimum balance. Interest on saving account is calculated on current balance in 365 days a year basis and will be paid after deducting applicable tax on interest.

    खातामा प्रदान गरिने व्याज दैनिक मौज्दातमा गणना गरिनेछ र त्रैमासिक रुममा पूंजिकृत गरिनेछ तोकिएको न्युनतम मौज्दात कायम नभएका खाताहरुमा कुनै व्याज प्रदान गरिने छैन । खाताको व्याज हिसाव गर्दा ३६५ दिन को एक वर्ष कायम गरि हिसाव गरिनेछ र त्यस्तो व्याज प्रचलित नियमानुसारको कर कट्टी गरि भुक्तानी गरिनेछ ।

  9. The Statement of account may be collected by the Customer himself or by the authorized person. However, Statements of account will not be provided if there has been no transaction in the account for that period of time. At the written request of customer, the development bank will issue account balance certificate, each duplicate statement of account is subject to flat fee as per the development banks rules. The development bank will take care to see that credit and debit entries are correctly recorded in the customer’s account (s), But in case of any error, the development bank shall be within right to make correct adjustment entries with / without notice and recover any amount due from account holder(s).

    खाताको स्टेटमेण्ट खातावाला आफैले वा खातावालाबाट अख्तियार प्राप्त व्यक्तिले लिन सक्नेछ । स्टेटमेण्ट माग गरिएको समयमा कुनै कारोवार गरिएको रहेनछ भने सो समयको स्टेटमेण्ट उपलब्ध गराउन बैंक वाध्य हुने छैन । ग्राहकको लिखित अनुरोधमा डेभलपमेण्ट बैंकले व्यालेन्स सर्टिफिकेट जारी गर्न सक्नेछ । स्टेटमेण्टको प्रतिलिपि माग गरिएमा प्रत्येक प्रतिलिपि स्टेटमेण्टको लागि डेभलपमेण्ट बैंकले आफ्नो नियमानुसार तोकिएको शुल्क लिन सक्नेछ । बैंकले ग्राहकको खातामा भएको डेविट क्रेडिटको अभिलेख ठिक संग भए नभएको बारेमा ध्यान दिन सक्नेछ । र कुनै त्रुटि भएको पाईएमा ग्राहकलाई जानकारी दिई वा नदिई त्यस्तो त्रुटि सच्याउने अधिकार बैंकलाई हुनेछ ।

  10. Cheque Book for the customer will be provided within prescribed time after opening the saving account. Customer may request to deliver the cheque book to the third party; however, such request should be supported by appropriate identification certified specimen of the third party for receiving the cheque book. In case of the loss of the cheque book or any leaf of cheque the accountholder must give immediate notice in writing to the development bank in order to minimize the risk of loss by fraudulent withdrawals. The development bank shall not be liable for payment made against such issued cheque. The development bank might charge each returned cheque owing to insufficient account balance as per its rules.

    खाता खोलिसके पछि तोकिएको समय भित्र ग्राहकलाई चेकबुक प्रदान गरिनेछ । ग्राहकले तेश्रो व्यक्ति मार्फत पनि चेक बुक पाउनको लागि लिखित अनुरोध गर्न सक्नेछन् तर त्यस्तो अनुरोध गर्दा चेक बुझिलिनको लागि त्यस्तो तेश्रो व्यक्तिको पहिचान हुने परिचय पत्रको प्रमाणित प्रतिलिपि र दस्तखत प्रमाणित भएको हुनु पर्नेछ । चेक बुक वा चेक बुकको कुनै पाना हराएको खण्डमा गलत व्यक्ति भुक्तानी लिई हुन सक्ने जोखिमलाई न्यूनिकरण गर्न खातावालाले तुरुन्त बैंकमा लिखित रुपमा जानकारी गराउनु पर्नेछ । यस्तो चेकबाट भुक्तानी भई सकेको रहेछ भने डेभलपमेण्ट बैंक त्यस प्रति जवाफदेहि हुने छैन । खातावालाको खातामा प्रयाप्त मौज्दात नभएको कारण चेक अनादर भई फिर्ता भएमा प्रत्येक पटकको लागि जरिवाना शुल्क लिन सक्नेछ ।

  11. At the request of customer in writing, the development bank will close the account. The customer shall forward account closure request along with remaining leafs of the cheque to close the account. For the closure of the account the development bank might charge account closure fee or other required document as per policies.

    ग्राहकको लिखित अनुरोधमा डेभलपमेण्ट बैंकले ग्राहकको खाता बन्द गर्नेछ । त्यस्तो लिखित अनुरोध गर्दा खातावालाले चेकबुक वा चेकबुकको प्रयोग नभएका पानाहरु निवेदन साथ फिर्ता गर्नु पर्नेछ । खाता बन्द गर्नको लागि डेभलपमेण्ट बैंकले नियमानुसार तोकिएको शुल्क तथा अन्य आवस्यक कागजात माग गर्न सक्नेछ ।

  12. I/we hereby acknowledge that I/we have read and understood the terms and conditions mentioned herein and agree to be bound by the same. I/we further agree to abide by any amendments to the said terms and conditions made by the development bank from time to time with or without notice to me/us.

    मैले/हामीले खाता संचालन सम्वन्धी उल्लेखित नियमहरु पढि बाँची सुनी सो नियमहरुलाई ईमान्दारि पुर्वक पालना गर्न मञ्जुर गर्दछु/छौं । साथै डेभलपमेण्ट बैंकले समय समयमा म/हामीलाई पुर्व सूचना दिई वा नदिई उल्लेखित नियमहमा परिवर्तन वा संशोधन गरेमा सो लाई पालना गर्न समेत मञ्जुर गर्दछु/छांै ।